राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन्।
भट्टसम्बद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा सेयर लिएको कागजात सार्वजनिक भएपछि लिङ्देनले सो माग गरेका हुन्।
सोमबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चारमाध्यममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने बताए।
‘त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ। गृहमन्त्रीले आफ्नो पोशिसन क्लियर गर्नुपर्छ। पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नु पर्छ,’ लिङ्देनले भने।




