खाजाघरमा बालिकामाथि शोषण : चारजना पक्राउ

हिमाल प्रेस ७ वैशाख २०८३ १३:२५ | Monday, April 20, 2026
12
SHARES
खाजाघरमा बालिकामाथि शोषण : चारजना पक्राउ जिल्ला प्रहरी कार्यालय कास्की।

पोखरा- पोखरा महानगरपालिका-८ जाल्पारोडका विभिन्न खाजाघरमा अनैतिक क्रियाकलाप हुने गरेको गुनासोपछि कास्की प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट शनिबार राति खटिएको प्रहरी टोलीले उक्त ठाउँबाट चार जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दासमेत चलाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।

घटना विवरणअनुसार पोखराको व्यस्त बजार न्युरोडको पश्चिमतर्फ रहेको जाल्पारोडमा विगतमा पनि यस्तै क्रियाकलाप हुने गरेको थियो। गत वर्ष पनि प्रहरीले छापा मारेर केही खाजाघरका सञ्चालकलाई पक्राउ गरिएको थियो।

पछिल्लो समय पनि त्यहाँ सञ्चालित केही खाजाघरमा होहल्ला भई अनैतिक क्रियाकलाप हुने गरेको व्यापक गुनासो प्रहरीसमक्ष स्थानीयले गरेका थिए। प्रहरीले सोही सूचनाअनुसार अनुसन्धान गर्दा आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न प्रलोभन देखाई खानबस्न सुविधासहित राम्रो तलबमा होटलमा काममा लगाइदिन्छु भनी सुरुमा काममा लगाउने र केही समयपछि होटलमा आउने पुरुषबाट रकम लिई जबर्जस्ती रात बिताउन लगाउने भेटिएको थियो।

प्रहरीले सो स्थानबाट त्यस्ता पीडित दुईजना बालिकाहरुको उद्धारसमेत गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्ने चारमध्ये दुई जनाको नाम गोप्य राखिएको छ। जसमा मोरङ जिल्लाको कसेरी स्थायी घर भई हाल पोखरा–१७ बस्ने २१ वर्षीया महिला (नाम परिवर्तित कास्की ६८), सिन्धुली जिल्ला स्थायी घर भई हाल पोखरा ८ मा खाजघर सञ्चालन गर्ने ३१ वर्षीया अर्की एक महिला (नाम परिवर्तित कास्की ६९), पोखरा २६, बूढीबजारका ५० वर्षीय विष्णुबहाुदर राजभाट र भारतको बिहान स्थायी घर भई हाल पोखरा ९, नयाँबजार बस्ने ३१ वर्षीय अमीर उल्ला मियाँ छन्।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया जारी रहेको जनाइएको छ।

प्रकाशित: ७ वैशाख २०८३ १३:२५ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast