आईपीएल : पञ्जाब अझै अपराजित, ५४ रनले हार्‍यो लखनउ

हिमाल प्रेस ७ वैशाख २०८३ ७:२० | Monday, April 20, 2026
10
SHARES
आईपीएल : पञ्जाब अझै अपराजित, ५४ रनले हार्‍यो लखनउ

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले अपराजित यात्रा कायम राखेको छ। गएराति घरेलु मैदान न्यू चण्डीगढमा सम्पन्न खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराउँदै सहज जित निकालेको हो। पञ्जाबले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रनमा समेटियो।

लखनउका लागि रिषभ पन्तले सर्वाधिक ४३ रन जोडे। यस्तै, एडेन मारक्रमले ४२, मिचेल मार्शले ४०, आयुश बदोनीले ३५ तथा मुकुल चौधरीले २१ रन बनाए। पञ्जाबका मार्को यानसनले २ तथा अर्शदीप सिंह, विजयकुमार वैशक र युजभेन्द्र चहलले एक–एक १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो। लखनउका लागि प्रियान्श आर्यले ९३ तथा कुपर कोनलीले ८७ रनको अर्धशतकीय पारी खेले। यसैगरी, मार्कस स्टोइनेसले २९, शशांक सिंहले १७ तथा निहाल बढेराले १३ जोडे। लखनउका प्रिन्स यादव र मनिमरन सिद्धार्थले दुई–दुई तथा मोहसिन खान र मोहम्मद सामीले एक–एक विकेट लिए।

जितसँगै ६ खेलबाट पञ्जाब ११ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ। पराजित भएको लखनउ समान खेलबाट ४ अंकसहित आठौँ स्थानमा छ।

प्रकाशित: ७ वैशाख २०८३ ७:२० | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast