ट्राभल फोटोग्राफीसम्बन्धी कार्यशाला गोष्ठी

हिमाल प्रेस १५ माघ २०७९ १७:२५ | Sunday, January 29, 2023
ट्राभल फोटोग्राफीसम्बन्धी कार्यशाला गोष्ठी

काठमाडौँ– राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले भारतीय फोटोग्राफर  दुर्लभ रोय चौधरीसँग ट्राभल फोटोग्राफीसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार सिजन मिडियामा आयोजित कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष विकास रोनियारलगायत सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रममा भारतीय चौधरीले फोटोग्राफीमा सिकेका/ भोगेका अनुभव सुनाएका थिए। उनले विभिन्न सहर र चार्डपर्वहरूका समयमा खिचेका करिब २०० वटा फोटोको बारेमा बताएका थिए।

कार्यक्रम निकै नै उपलब्धिमुलक भएको संस्थाका सदस्यहरूले बताएका छन्। उनीहरूले संस्थाले बेला बेलामा यस्तो कार्यक्रम गरेर सदस्यहरूलाई फाइदा पुगेकोसमेत बताए।

२४ वर्षीय भारतीय  चौधरी नेसनल जिओग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डियालगायतका सञ्चारमाध्यममा फ्री-ल्यान्सर गर्छन्।

प्रकाशित: १५ माघ २०७९ १७:२५ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast