पोखरामा जलेर २ जना घाइते

हिमाल प्रेस १५ माघ २०७९ १७:०६ | Sunday, January 29, 2023
पोखरामा जलेर २ जना घाइते प्रतीकात्मक तस्बिर

पोखरा– पोखरामा एक युवकले आत्मदाह प्रयास गरेका छन्। पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका उनलाई बचाउन खोज्ने अर्की एक महिला पनि गम्भीर घाइते भएकी छन्। पोखरा महानगरपालिका वडा नम्बर १३, काहुँखोलामा स्टेशनरी पसल संचालक ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आत्मदाह प्रयास गरेका हुन्।

स्थानीय संगीता सापकोटाको घरमा पसल संचालन गर्दै आएका उनले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी संगीताले देखेपछि बचाउने प्रयास गर्दा उनी पनि जलेकी हुन्। घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), रामघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जनाए।

‘एक पुरुषले पेट्रोल छर्केर आफैलाई जलाउने खोज्दा घाइते भएका हुन्। अर्की एक महिला पनि घाइते छिन्। उनीहरूको गण्डकीमा उपचार भइरहेको छ। सबै विवरण खुल्न बाँकी छ,’ उनले भने।

कृष्णले किन आत्मदाह प्रयास गरे भन्ने यकिन भएको छैन। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।

कृष्णले आफ्ना साथीहरूलाई आफू आर्थिक समस्यामा रहेको बताउने गर्थे। उनले शनिबार नै मोटरसाइकलमा पेट्रोल सकिएको भन्दै साथीसँग पेट्रोल मागेका थिए। कृष्णकी धर्मपत्नी शिक्षक हुन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले पुरुषको तुलनामा महिलाको अवस्था चिन्ताजनक रहेको जानकारी दिए।

प्रकाशित: १५ माघ २०७९ १७:०६ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast