राप्रपा सिध्याउने सपना नदेख्नु, चुनाव हार्दैमा पार्टी सिध्दिदैन : राजेन्द्र लिङ्देन

हिमाल प्रेस ६ वैशाख २०८३ ११:१४ | Sunday, April 19, 2026
10
SHARES
राप्रपा सिध्याउने सपना नदेख्नु, चुनाव हार्दैमा पार्टी सिध्दिदैन : राजेन्द्र लिङ्देन फाएल तस्बिर।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यो पार्टी सिध्याउने सपना नदेख्न चेतावनी दिएका छन्। राप्रपा नेताहरूले पार्टी सकिने दाबी गरिरहेका बेला अध्यक्ष लिङ्देनले जबाफ फर्काएका हुन्।

उनले ‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। मजस्ता असंख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त, चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन’, अध्यक्ष लिङ्देनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, आर्थिक रूपले मात्र होइन, प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ। आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ।’

 

प्रकाशित: ६ वैशाख २०८३ ११:१४ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast