पूर्वराजा पोखरा जाँदै

हिमाल प्रेस ६ वैशाख २०८३ ९:३७ | Sunday, April 19, 2026
18
SHARES
पूर्वराजा पोखरा जाँदै

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन् । संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचना अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह यसै साता पोखरा जान लागेका हुन् ।

त्यहाँ रहँदा पूर्वराजा विभिन्न कार्यक्रम र शुभेच्छुकसँग भेटघाटमा सहभागी हुने बताइएको छ । यसअघि नयाँ वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनी बालेन शाह नेतृत्वको सरकारप्रति नरम सुनिएका थिए ।

प्रकाशित: ६ वैशाख २०८३ ९:३७ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast