आईपीएल : केकेआरमाथि गुजरातको रोचक जित

हिमाल प्रेस ५ वैशाख २०८३ ८:४६ | Saturday, April 18, 2026
6
SHARES
आईपीएल : केकेआरमाथि गुजरातको रोचक जित

काठमाडौँ- कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)माथि रोमान्चक जित दर्ता गरेको छ। शुक्रबार राति अहमदाबादमा भएको खेलमा गुजरातले कोलकातालाई ५ विकेटले पराजित गरेको हो।

कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातको जितमा नायक बनेका गिलले ५० बलमा ८६ रनको सानदार इनिङ खेले। उनी ‘प्लेयर अफ द म्याच’ चुनिए। अन्तिम ओभरसम्म तन्किएको रोमान्चक भिडन्तमा गुजरातले २ बल बाँकी छँदै जित हात पारेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १८० रन बनाएको थियो। मध्यम योगफल रक्षा गर्ने क्रममा कोलकाताका बलरले कसिलो बलिङ गरेपनि गिलको ब्याटिङसामु त्यो पर्याप्त हुन सकेन।

जितसँगै गुजरात टाइटन्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित कोलकाता तालिकाको पुछारमा सीमित छ।

 

प्रकाशित: ५ वैशाख २०८३ ८:४६ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast