‘शुभ विवाह’ गर्दै स्वस्तिमा र निश्चल

हिमाल प्रेस १५ माघ २०७९ १३:१७ | Sunday, January 29, 2023
‘शुभ विवाह’ गर्दै स्वस्तिमा र निश्चल

काठमाडौँ- फिल्म ‘शुभ विवाह’ बन्ने भएको छ। फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता तथा निर्देशक निश्चल बस्नेत मुख्य भूमिकामा रहनेछन्।

फिल्म विवाह संस्कृतिको कथामा आधारित हुनेछ। नेपाली विवाह संस्कृतिमा पाश्चात्य संस्कारले पारेको प्रभावलाई व्यंग्य गरिने फिल्म कमेडी जनरामा बन्नेछ।

फिल्ममा असिफ शाहको निर्देशन रहनेछ। उनले अभिनयसमेत गर्नेछन्। शाहले यसअघि ‘कर्कश’ र ‘२ रुपैयाँ’ लगायत फिल्म निर्देशन गरेका छन्।

‘शुभ विवाह’को छायांकन आगामी जेठदेखि सुरु हुनेछ।

प्रकाशित: १५ माघ २०७९ १३:१७ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast