किन देशव्यापी भेला गर्दै छन् अस्थायी शिक्षक र विद्यालय कर्मचारी?

हिमाल प्रेस २८ चैत २०८२ ११:५२ | Saturday, April 11, 2026
200
SHARES
किन देशव्यापी भेला गर्दै छन् अस्थायी शिक्षक र विद्यालय कर्मचारी? फाइल तस्बिर

काठमाडौँ- नेपाल राहत शिक्षक राष्ट्रिय समितिले देशभर कार्यरत अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूको हकहित र पेसागत सुरक्षाका लागि राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

समितिको २०८२ चैत २६ गते साँझ बसेको अनलाइन बैठकले बृहत् राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। सो भेलामा राहत, बालविकास, विद्यालय कर्मचारी, संघीय अनुदान, साविक उच्च माध्यमिक विद्यालय, विशेष कक्षा, प्राविधिक धार, अस्थायी करार, गाउँपालिका तथा नगरपालिका अनुदान, निजी स्रोत र प्रदेश अनुदानमा कार्यरत शिक्षक–कर्मचारीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

समितिले आफ्नो जागिर र पेशागत भविष्यप्रति चिन्तित सबै अस्थायी शिक्षक–कर्मचारीलाई स्वतःस्फूर्त रूपमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ। साथै भेलाबाट नयाँ मोर्चा निर्माण गर्ने लक्ष्य लिइएको जनाइएको छ।

राष्ट्रिय भेला २०८३ वैशाख १२ गते शनिबार बिहान १० बजे काठमाडौँमा आयोजना गरिनेछ। कार्यक्रमको स्थान भने पछि निर्धारण गरिने समितिले जनाएको छ।

समितिका अध्यक्ष विष्णु खत्री र महासचिव जीवन तिमल्सिनाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षलाई उपस्थितिका लागि आह्वान गरेका छन्।

प्रकाशित: २८ चैत २०८२ ११:५२ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast