काठमाडौँ- सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा ‘जीवन रहरमै’ बोलको गीत सार्वजनिक भएको छ। काठमाडौँमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो।
सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रहेको गीत चर्चित गायिका अञ्जु पन्तले गाएकी छन्। गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
मिलाप मासिक र साहित्यक पत्रकार संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो।
कार्यक्रममा स्रष्टा शर्माले गीतसंगीततर्फ आफ्नो सानैदेखिको लगाव रहेको बताए। उनलाई बुधबार सगरमाथा म्युजिक अवार्ड पनि प्रदान गरिएको थियो।
जीवन शर्माका ४० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् भने केही उपन्यास समेत प्रकाशित छ।
प्रकाशित: २७ चैत २०८२ १४:०० | Friday, April 10, 2026
प्रतिक्रिया




