पूर्वसभामुख महरामाथि भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २६ चैत २०८२ १५:५९ | Thursday, April 9, 2026
12
SHARES
पूर्वसभामुख महरामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको अभियोगमा अख्तियार दुुरूपयोग अनुसन्धान आयोगले महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले महरालगायत २९ जनामाथि मुद्दा दर्ता भएको जानकारी दिए। उनका अनुसार अख्तियारले चार जना चिनियाँ नागरिकसहित २९ जनालाई प्रतिवादी बनाएको छ।

अख्तियारले ७ करोड ७८ लाख ६८ हजार ९५ रूपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गर्न लागेको जनाइएको छ।

पूर्वसभामुख महरामाथि चिनियाँ तस्करसँग मिलेर भेपमा लुकाएर सुनको अवैध ओसारपसार गर्न लगाएको आरोप छ। सुन तस्करी प्रकरणमा उनका छोरा राहुल पक्राउ परेका थिए।

२०७९ पुसमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिइसकेको अवस्थामा भेपमा लुकाएर ल्याइएको अवैध सुन नियमन्त्रणमा लिएको थियो। यो कार्यमा चिनियाँ गिरोहको संलग्नतासमेत पाइएको थियो।

प्रकाशित: २६ चैत २०८२ १५:५९ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast