सम्मरबहादुर तामाङको हत्यामा संलग्न ४ पक्राउ

हिमाल प्रेस २६ चैत २०८२ ६:५६ | Thursday, April 9, 2026
10
SHARES
सम्मरबहादुर तामाङको हत्यामा संलग्न ४ पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको आरोपमा चारजना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, सोही नगरपालिका–१४, बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार पक्राउ गरिएको हो ।

तामाङलाई कुटपिट गरेर उनीहरूले मारेको सूचना स्थानीयले दिएपछि प्रहरी चौकी बोयाँबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । रासस

प्रकाशित: २६ चैत २०८२ ६:५६ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast