बसन्तपुरमा वृद्धलाई दुर्व्यवहार गर्ने युवक नियन्त्रणमा

हिमाल प्रेस २५ चैत २०८२ ८:२३ | Wednesday, April 8, 2026
10
SHARES
बसन्तपुरमा वृद्धलाई दुर्व्यवहार गर्ने युवक नियन्त्रणमा

काठमाडौँ- केही समयअघि सार्वजनिक स्थानमा एक वृद्धलाई युवकले कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल बन्यो। सामाजिक सञ्जालमा देखिएको काठमाडौँको वसन्तपुर क्षेत्रमा वृद्धमाथि अपशब्द बोल्दै युवकले झम्टिरहेको दृश्य देखिन्थ्यो। व्यापक आलोचनापछि प्रहरीले वृद्धको दुव्र्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएको छ।

भिडियोका सम्बन्धमा प्रहरीले छानबिन गरेको थियो। छानबिनका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ चैत २०८२ ८:२३ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast