काठमाडौँ- राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री वालेन्द्र शाह पहिलो वरीयतामा रहेका छन्। उनीपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले दोस्रो स्थानमा छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो वरीयतामा रहेका छन्।
त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा रहँदा गृहमन्त्री सुधन गुरुङ पाँचौँ वरीयतामा छन्। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री सुनिल लम्साल छैटौँ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं स्थानमा रहेका रहेकी छन्।
यस्तै महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी सीता बादी आठौं वरीयतामा छन्।
संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल नवौँ स्थानमा रहेकी छन्। स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहता दशौँ वरीयतामा छन्।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल एघाराैं स्थानमा रहेका छन्। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल बाह्रौ स्थानमा रहेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिना तेह्रौं स्थानमा र कृषि, पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी गीता चौधरी चौधौं वरीयतामा रहेकी छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साह पन्ध्रौं स्थानमा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।





