काठमाडौँ- सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सर्वोच्च अदालतले पनि बिदा दिने भएको छ । सोमबार बसेको अदालतको पूर्ण बैठकबाट प्रत्येक शनिबार र आइतबार बिदा हुने भन्दै सूचना जारी गरेको छ ।
सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म साथै कार्तिक १६ गते देखि माघ १५ गतेसम्म अपराह्न ४ बजेसम्म कायम हुने छ। यसअघि सरकारले दुई बिदा सँगै कार्यालय समयबारे निर्णय गरेको थियो ।
प्रकाशित: २४ चैत २०८२ ६:४२ | Tuesday, April 7, 2026
प्रतिक्रिया




