काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म प्रहरीलाई काम गर्न नै नदिएको आशय व्यक्त गरेका छन् । आइतबार बिहानै सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले यस्तो आशय व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’
पछिल्लो समय गृहमन्त्रीको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचारका फाइल खोलिरहेको छ । गृहमन्त्री बनेकै रात गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गराएका थिए । भ्रष्टाचार प्रकरणमा राजनीतिक तथा व्यापारिक साम्राज्य चलाएकाहरू पनि धमाधम पक्राउ पर्न थालेका छन् ।
सोही सन्दर्भमा गृहमन्त्रीको पछिल्लो भनाइ आएको हो। प्रहरीले गुन्डागर्दीमा संलग्नलाई निरन्तर पक्राउ गरिरहेको छ।
प्रकाशित: २२ चैत २०८२ ७:१४ | Sunday, April 5, 2026
प्रतिक्रिया




