आईपीएल : राजस्थानले गुजरातलाई ६ रनले हरायो

हिमाल प्रेस २२ चैत २०८२ ६:५५ | Sunday, April 5, 2026
6
SHARES
आईपीएल : राजस्थानले गुजरातलाई ६ रनले हरायो गुजरातका रासिद खान र राजसंस्थानका रियान पराग।

काठमाडौँ- राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा राजस्थानले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको होे। राजस्थानका लागि बलिङतर्फ रवि विश्नोइ चम्किँदा २११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमात्रै बनाउन सक्यो।

अहमदाबाद रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो। ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रनको विस्फोटक पारी खेले। ओपनर ब्याट्सम्यान यशस्वी जैयसवालले ३६ बलमा ५५ रन र वैभव सूर्यवंशीले १८ बलमा ३१ रन बनाएका थिए।

गुजरातका लागि कागिसो रबाडाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए भने अशोक शर्मा र रासिद खानका नाममा १–१ विकेट रह्यो। २११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ४४ बलमा ७३ रन बनाए। जोस बटलरले २८ र रासिद खानले २४ रन जोडे। अन्तिम २ ओभरमा जितका लागि १५ रन आवश्यक रहेकामा गुजरातले ८ रन मात्रै जोड्न सक्यो र ६ रनले हार बेहोर्‍यो

जितसँगै अंक राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले लगातार दुई खेल जितेको छ। शनिबार रनै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ६ विकेटले हरायो।

प्रतियोगिता अन्तरगत आज दुई खेल हुँदैछन्। दिउँसो लखनउ सुपर जायन्ट र सनराइजर्स हैदराबाद आमनेसामने हुँदा राति चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्नेछन्।

प्रकाशित: २२ चैत २०८२ ६:५५ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast