आईपीएल : फेरि हार्‍यो चेन्नई, पञ्जाबको दोस्रो जित

हिमाल प्रेस २१ चैत २०८२ ७:५४ | Saturday, April 4, 2026
12
SHARES
आईपीएल : फेरि हार्‍यो चेन्नई, पञ्जाबको दोस्रो जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)को ७ औं खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्‍यो। यो पञ्जाबको लगातार दोस्रो जित हो। चेन्नईको लगातार दोस्रो हार थियो। चेपक स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेट गुमाएर २०८ रन बनाएको थियो। पञ्जाबले १८.४ ओभरमा मात्र ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

पञ्जाबका कप्तान श्रेयस अय्यरले अर्धशतक बनाए। प्रभसिमरन सिंहले ४३, प्रियांश आर्यले ३९ र कूपर कोनोलीले ३६ रन बनाए। विजयकुमार वैशाखले दुई विकेट लिए।

चेन्नईका लागि आयुष म्हात्रेले अर्धशतक बनाए। शिवम दुबेले ४५ र सरफराज खानले ३२ रन बनाए। म्याट हेनरी र अंशुल कम्बोजले दुईदुई विकेट लिए।

चेन्नईभन्दा पहिले पञ्जाबले गुजरातलाई पनि हराएको थियो। चेन्नईले पनि राजस्थानसँग हार बेहोरेको थियो। पञ्जाबले चेन्नईलाई आफ्नो पछिल्ला नौ खेलमा आठौं पटक पराजित गरेको हो।

प्रकाशित: २१ चैत २०८२ ७:५४ | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast