तनहुँका ग्रामीण सडक धमाधम कालोपत्र

हिमाल प्रेस २० चैत २०८२ १२:३६ | Friday, April 3, 2026
12
SHARES
तनहुँका ग्रामीण सडक धमाधम कालोपत्र

तनहुँ- आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर-गिरन्चौर र हिलेखर्क-बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ। पहिलो चरणमा जोगिनी भञ्ज्याङदेखि वडा नं ६ को कार्यालयसम्म सडक स्तरोन्नति हुनेछ।

यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको खण्डमा संघीय सरकारबाट विनियोजित रु ६ करोडबाट हिलेखर्क-बरादी सडक चालु आवभित्र पूर्ण रूपमा स्तरोन्नति गरिने जनाइएको छ।

प्रकाशित: २० चैत २०८२ १२:३६ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast