फाइल तस्बिर
काठमाडौँ- संघीय संसद सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
संसद सचिवालयले पहिलो अधिवेशनअन्तर्गत बिहीबार बस्न लागेको प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।
दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा विभिन्न एजेन्डाहरूमाथि छलफल हुनेछ। संघीय संसद सचिवालयका तर्फबाट सार्वजनिक भएको सूचनामा आठवटा मुख्य एजेन्डाहरू समावेश गरिएका छन्।
बैठकको सुरूवातमा संसदका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय गरिएको छ। त्यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको ब्यहोरो पढेर सुनाउने कार्यसूची छ।

प्रकाशित: १८ चैत २०८२ १९:१४ | Wednesday, April 1, 2026
प्रतिक्रिया




