रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

हिमाल प्रेस १४ माघ २०७९ ७:०८ | Saturday, January 28, 2023
रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन्। शुक्रबार बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो।

बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।

पार्टी सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उनको सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गुमेको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आज शनिवारदेखि तय भएका सबै कार्यक्रम स्थगित भएको जनाएको छ। पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सूचना निकालेर विशेष परिस्थितिका कारण सबै प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा संगठन विस्तारका कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन्।

प्रकाशित: १४ माघ २०७९ ७:०८ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast