काठमाडौँ– सरकारले देशका प्रमुख सहरहरूमा दैनिक कम्तीमा १२ घण्टा सञ्चालन हुने नागरिक सेवा केन्द्र स्थापना गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तयार पारेको शासकीय स्वरूप सुधारका कार्यसूचीमा यस्तो व्यवस्था गरिएको छ।
यसैगरी राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र सेवालाई बिचौलिया मुक्त र डिजिटल बनाउने निर्णय सरकारले गरेको छ। सरकारी निर्णयअनुसार अब नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने व्यवस्था गरिनेछ। यसैगरी २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।
प्रकाशित: १४ चैत २०८२ २२:१२ | Saturday, March 28, 2026
प्रतिक्रिया




