काठमाडौँ- लक्ष्मी ल्युब आयलले नेपालमै पहिलो पटक नयाँ आएलएकएसी जीएफ-७/एपीआई एस क्यू प्यासेन्जर कार इन्जिन आयल रेन्ज भित्र्याएको छ। नेपालका लागि टोटल इनर्जिजको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले हालै सम्पन्न च्यानल पार्टनर्स मिट २०२६ मा सो लुब्रिकेन्ट सार्वजनिक गरेको हो।
यससँगै नेपालमा पहिलो पटक आईएलएसएसी जीएफ–७ मापदण्डमा आधारित लुब्रिकेन्ट उपलब्ध भएको कम्पनीले जनाएको छ। यसका साथै हाई पर्फमेन्स रोयल क्रुजर १५ डब्ल्यू-५०, २.५ लिटर, सेमी सिन्थेटिक मोटरसाइकल आयल पनि सार्वजनिक गरिएको छ। कार्यक्रममा देशभरबाट २०० भन्दा बढी च्यानल पार्टनरहरूको सहभागिता थियो।
कार्यक्रममा टोटल इनर्जिज मार्केटिङ इन्डिया प्रालिका सीईओ र एक्जिक्युटिभ डाइरेक्टर विकेन नजरियानका साथै सिनियर म्यानेजर–एक्सपोर्ट्स प्रविण कुमार तथा नेपालको तर्फबाट लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र कम्पनीका अन्य प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रमको मुख्य आकर्षण टोटल इनर्जिज क्वार्ट्ज जीएफ–७ रेन्ज सार्वजनिक थियो।
लक्ष्मी ल्युब आयलले ‘डिलर अफ द इयर २०२५’ का रूपमा जोरपाटीस्थित शंकर यमुना अटो पार्ट्स, ‘रिटेलर अफ द इयर २०२५’ का रूपमा नक्सालस्थित मोटर मार्ट अटो पार्ट्स तथा ‘बेस्ट ओईएम/फ्लिट अफ द इयर २०२५’ का रूपमा एलआई सर्भिसलाई घोषणा गरेको छ।
कम्पनीका अनुसार ‘डिलर अफ द इयर २०२५’ लाई पुरस्कारस्वरूप थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिएको छ भने ‘बेस्ट रिटेलर अफ द इयर २०२५’ लाई वासिङ मेसिन प्रदान गरिएको छ।
कार्यक्रमलाई अझ आकर्षक र सहभागीमूलक बनाउन लक्की ड्रको व्यवस्था गरिएको थियो, जसमा विजेतालाई १९० लिटर क्षमताको फ्रिज प्रदान गरिएको बताइएको छ।




