कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन : शंकर पोख्रेल

हिमाल प्रेस १२ चैत २०८२ १०:२९ | Thursday, March 26, 2026
4
SHARES
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन : शंकर पोख्रेल नेकपा एमालेका महासचिव शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोख्रेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन्। उनले निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका छन्।

कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको उनलको धारणा छ। सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको पोख्रेलको भनाइ छ।

निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर बढेको उनको बुझाइ छ। अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

अबको बाटो सजिलो नहुन सक्छ—राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ छ।

लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प पनि नभएको उनले उल्लेख गरेका छन्।

 

प्रकाशित: १२ चैत २०८२ १०:२९ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast