काठमाडौँ- राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। बुधबार मध्यरातमा कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। कोषका संरक्षकसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत गरेकी थिइन्।
श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए।
प्रकाशित: १२ चैत २०८२ ८:४९ | Thursday, March 26, 2026
प्रतिक्रिया




