काठमाडौँ- राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्ष नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। आज (बुधबार) कोषका सदस्य सचिव डा. नरेश सुवेदीले श्रेष्ठलाई औपचारिकरूपमा स्वागत गरेका हुन्।
कोषको संरक्षक प्रधानमन्त्री हुने व्यवस्था छ। संरक्षकले अध्यक्षमा मनोनयन गर्ने व्यवस्था भएकाले प्रधानमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी थिइन्।
श्रेष्ठ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव समेत भएर काम गरेका थिए।
प्रकाशित: ११ चैत २०८२ २०:२२ | Wednesday, March 25, 2026
प्रतिक्रिया




