चैत १३ मा प्रदर्शन हुँदै ‘हामी तीन भाइ’, सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट

हिमाल प्रेस १० चैत २०८२ १२:३७ | Tuesday, March 24, 2026
12
SHARES
चैत १३ मा प्रदर्शन हुँदै ‘हामी तीन भाइ’, सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट

काठमाडौँ- यही चैत १३ देखि हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शन हुँदैछ। फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ।

चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो। जसअनुसार फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन्।

फिल्मका निर्देशक मधुसुदन भट्टराई हुन्। यो फिल्म निर्माण थालेसँगै चर्चामा थियो। अहिले रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले थप प्रचारलाई तिब्रता दिएको छ। प्रसिद्धि सिने आर्र्टसको ब्यानरमा निर्माण भएको फिल्म त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्।

कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे)लगायत कलाकारले अभिनय गरेका छन्।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस फिल्ममा सह-निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी छन्।

प्रकाशित: १० चैत २०८२ १२:३७ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast