स्टार्टअप कर्जाका लागि १० हजारभन्दा बढीको आवेदन

हिमाल प्रेस ९ चैत २०८२ १८:४१ | Monday, March 23, 2026
स्टार्टअप कर्जाका लागि १० हजारभन्दा बढीको आवेदन

काठमाडौँ- सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको समयभित्र कुल १० हजार २४४ वटा परियोजना प्रस्ताव प्राप्त भएका हुन्।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्राप्त आवेदनमध्ये ८ हजार २०३ वटा विद्युतीय माध्यमबाट र २ हजार ४१ वटा भौतिक रूपमा दर्ता भएको जनाएको छ।

यो कार्यक्रमका लागि सरकारले चालु आवमा ८६ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ, जसबाट छनोट भएका स्टार्टअपहरूले ३ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा प्राप्त गर्नेछन्।

यस पटकको छनोट प्रक्रियालाई पारदर्शी र छिटो बनाउन मन्त्रालयले प्रविधिको उच्च प्रयोग गरेको जनाएको छ। प्रारम्भिक स्क्रिनिङका लागि एआई सफ्टवेयर प्रयोग गरिएको छ, जसले करिब ८० प्रतिशत शुद्धताका साथ प्रस्तावहरूको अध्ययन गर्ने मन्त्रालयको विश्वास छ।

प्रारम्भिक सूचीमा परेका परियोजनाहरूको बैंकमार्फत ‘क्रेडिट चेक’ (कर्जा सूचना) गरिनेछ। मूल्यांकनमा ५० अंकभन्दा बढी प्राप्त गर्ने उद्यमीहरूलाई प्राथमिकताका आधारमा कर्जाका लागि सिफारिस गरिने मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन्।

प्रकाशित: ९ चैत २०८२ १८:४१ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast