काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा बीपी स्मारकको शिलान्यास गरेका छन्।
बिहीबार हिन्दु संस्कारअनुसार नेपालले बीपी स्मारक तथा घण्टाघरको शिलान्यास गरेका हुन्।
गृहजिल्ला रौतहटमा रहेका अध्यक्ष नेपालले विकास निर्माणको निरीक्षण, नयाँ विकासको शिलान्यास गरिरहेका छन्।
गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा बीपी स्मारक तथा घण्टाघरको निर्माण हुन लागेको छ।
प्रकाशित: १३ माघ २०७९ १०:१८ | Friday, January 27, 2023
प्रतिक्रिया




