सांसदहरूको शपथ चैत १२ मा

हिमाल प्रेस ५ चैत २०८२ १६:४० | Thursday, March 19, 2026
8
SHARES
सांसदहरूको शपथ चैत १२ मा

काठमाडौँ- प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ समारोह चैत १२ गते हुने भएको छ।

संघीय संसद सचिवालय बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ गराउने तयारी भएको जनाएको हो।

दलहरूसँग शपथ, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

शपथ गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ गर्ने उनले बताए। राष्ट्रपतिसँग शपथ लिएपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ गराउने प्रवक्ता गिरीले जानकारी दिए। त्यस्तै नवनिर्वाचित सदस्यहरूको अभिमुखीकरणका लागि समेटनुपर्ने विषयमा पनि दलहरूसँग राय लिइएको उनले बताए।

खास गरी सैद्धान्तिक पक्ष भन्दा पनि व्यावहारिक पक्षलाई समेटेर अलि बढी केन्द्रित गरेर अभिमुखीकरणमा जान जरुरी रहेको सुझावहरू आएको प्रवक्ता गिरीले उल्लेख गरे।

त्यस्तै उनले संसदीय दलको कार्यालयहरू व्यवस्थापन गर्न अलिकति चुनौतीपूर्ण रहेकाले उपलब्धताकाबीच रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको बताए।

छलफलपछि संसद सचिवालयले दलका प्रतिनिधिहरूलाई दलको कार्यालय समेत देखाएको थियो। प्रवक्ता गिरीका अनुसार ठूला संख्याका हिसाबले रास्वपालाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको जानकारी दिए।

प्रकाशित: ५ चैत २०८२ १६:४० | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast