काठमाडौँ- मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा एउटा गाउँका तीन दाजुभाइको कथा प्रस्तुत गरिएको छ।
दाजुभाइको भूमिकामा कलाकार विनोद न्यौपाने, कुशल बिष्ट र फलित राईले अभिनय गरेका छन्।
उनीहरूका बुबाआमाले तीन भाइ कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन्। बुबाआमाको भनाइलाई आत्मसाथ गर्दै अघि बढेका तीनै भाइ सबै काम मिलेर गर्छन्। जब विनोदका भाई कुशल र फलितले बिहे गर्छन् तब उनीहरूको सम्बन्धमा कसरी खटपट सुरु हुन्छ भन्ने ट्रेलरमा देखाइएको छ।

फिल्ममा अन्य कलाकार लक्ष्मी बर्देवा, जाहान्वी बस्नेत, आश्मा गिरी, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), शुष्मा निरौला, यादव देवकोटा (सरापे), लगायत कलाकारले अभिनय गरेका छन्।
निर्देशक भट्टराई फिल्मलाई कमेडी जनरामा बनेकाे मार्मिक कथा भनेका छन्। फिल्म चैत १३ मा प्रदर्शन हुने टिमले जनाएको छ।
साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। प्रसिद्धि सिने आर्टसको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्।
यस्ताे छ ट्रेलर




