काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले आगामी दिनमा संसदीय चुनाव नलड्ने घोषणा गरेका छन्। उनले यसअघिका दिनमा पनि अरुचीका साथ चुनाव लडेको र अब कतै संसदीय चुनाव नलड्ने घोषणा गरेका छन्।
‘यसपछाडि मनमा अन्य कुनै लोभलालच पलाओस् वा पदलालसा आओस्, वा मायाजालमा झन्झन् बल्झिँदै जाऊँ, त्योभन्दा अगाडि नै म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छुः म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन।’ उनले भनेका छन्,’राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु।’
राउतले पार्टीको साख बचाउन पनि आफू चुनाव लड्नुपरेको तर अब नलड्ने उल्लेख गरेका छन्।

प्रकाशित: २ चैत २०८२ ९:१७ | Monday, March 16, 2026
प्रतिक्रिया





