काठमाडौँ- राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्।
कोषक संरक्षक प्रधानमन्त्री हुने व्यवस्था छ। र, संरक्षकले अध्यक्षमा मनोनयन गर्ने व्यवस्था भएकाले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन्।
श्रेष्ठ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव समेत हुन्। यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि सो पद रिक्त थियो।
प्रकाशित: १ चैत २०८२ १७:५४ | Sunday, March 15, 2026
प्रतिक्रिया





