कांग्रेसले टुंग्यायो समानुपातिक सांसदको नाम

हिमाल प्रेस १ चैत २०८२ १५:२५ | Sunday, March 15, 2026
24
SHARES
कांग्रेसले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौँ- नेपाली कांग्रेसले समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने पार्टी सांसदहरूको नाम टुंगो लगाएको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसदहरूको नाम टुंगो लगाएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेले बैठकले समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने १५ महिला र ५ पुरुषको नाम टुंगो लगाएको बताए।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको थियो। प्रतिनिधिसभा र राष्ट्रियसभा गरी कांग्रेसले समानुपातिकतर्फ १५ जना महिला पठाउनुपर्ने थियो।

टुंगो लगाए पनि कांग्रेसले समानुपातिकतर्फका सांसदहरूको सार्वजनिक गरेको छैन।

प्रकाशित: १ चैत २०८२ १५:२५ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast