दलहरूले समानुपातिकतर्फको उम्मेदवारको नाम आयोगमा बुझाउँदै

हिमाल प्रेस १ चैत २०८२ १५:०३ | Sunday, March 15, 2026
4
SHARES
दलहरूले समानुपातिकतर्फको उम्मेदवारको नाम आयोगमा बुझाउँदै

काठमाडौँ– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका ६ राजनीतिक दलले आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन्।

निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका नाम बुझाउन लागेका हुन्।

आयोगले थ्रेसहोल्ड कटाएका दलहरूलाई आइतबार ५ः०० बजेसम्म क्लष्टर (समूह) मिल्नेगरी निर्वाचित उम्मेदवारको नाम पेस गर्न गत फागुन २८ गते पत्रात्रार गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो।

सदर मतमध्ये सबैभन्दा बढी प्राप्त गर्ने रास्वपाले क्लष्टर अनुसार ५७ सांसद निर्वाचित भएको विवरण पठाउनुपर्नेछ। यसैगरी कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चार जना उम्मेदवार निर्वाचित भएको सूची क्लष्टर मिलाएर साँझ ५ः०० बजेसम्म आयोगमा पेस गर्नुपर्ने उनले बताए।

दलबाट आएको नाम तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा भए आयोगले आजै निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ। नमिलेमा फेरि सच्याउन समय तोकिने प्रवक्ता जिसीले उल्लेख बताए। समानुपातिक प्रणालीबाट ११० जना उम्मेदवार निर्वाचित हुने कानुनी व्यवस्था छ।

प्रकाशित: १ चैत २०८२ १५:०३ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast