राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकमा सहभागी नेताहरू। तस्बिर सौजन्य : मनिष झा
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।
‘स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछानेज्यू भर्चुअल तरिकाबाट जोडिनुभएको छ’, प्रवक्ता मनिष झाले भने। बैठकमा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेलगायतका नेता भने केन्द्रीय कार्यालयबाटै सहभागी भएका छन्।
झाले भने, ‘आजको बैठकले समानुपातिकतर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्नेछ।’
प्रकाशित: १ चैत २०८२ १२:४७ | Sunday, March 15, 2026
प्रतिक्रिया





