गुण्डुमा बसेको एमाले सचिवालयको अध्यक्षता बादलले गरेका थिए

हिमाल प्रेस १ चैत २०८२ ९:५६ | Sunday, March 15, 2026
28
SHARES
गुण्डुमा बसेको एमाले सचिवालयको अध्यक्षता बादलले गरेका थिए

काठमाडौँ- नेकपा एमालेको शनिबार भक्तपुरस्थित गुण्डुमा सचिवालय बैठक बस्यो। अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासमा बसेको बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम चयन गर्‍यो। जुन बैठक ओली निवासमै बसे पनि ओलीले अध्यक्षता नगरेको नेताहरूले बताएका छन्।

‘अध्यक्ष ओली शोकमा परेकाले उपाध्यक्ष बादल (रामबहादुर थापा)को अध्यक्षतामा बैठक बस्यो।’ उपहासचिव योगेश भट्टराईले भने। सचिवालय बैठकमा ओली पनि उपस्थित भएको नेताहरूले बताएका छन्। तर आफ्ना पिता (मोहनप्रसाद)को शोकमा परेकाले औपचारिकरूपमा अध्यक्षता नगर्ने ओलीले बताएका थिए। अहिले एमालेमा अध्यक्ष पछिको वरीयतामा बादल पर्छन्।

गएको महाधिवेशनपछि नेताहरूको वरीयतामा बादललाई दोस्रो वरीयता र उपाध्यक्षहरूमध्ये पहिलो दर्जामा राखिएको छ। सोही बैठकमा ओली प्लाष्टिकको कुर्सीमा सेतो लुगा लगाएर बसेका थिए। उनी शोकमा परेकाले त्यस्तो पहिरनमा देखिएका हुन्। उनका पिताको गत शुक्रबार निधन भएको थियो। भक्तपुरको चारदोबाटोस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो। त्यसपछि ओलीले कपाल खौरिएर सेतो बस्त्र लागेका छन्।

प्रकाशित: १ चैत २०८२ ९:५६ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast