भारतबाट गहुँ नआउँदा अधिकांश उद्योग बन्द हुने अवस्थामा

हिमाल प्रेस १२ माघ २०७९ १७:३२ | Thursday, January 26, 2023
भारतबाट गहुँ नआउँदा अधिकांश उद्योग बन्द हुने अवस्थामा

काठमाडौँ– भारतबाट गहुँ आयात ठप्प हुँदा अधिकांश गहुँ उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। नेपाल मैदा उद्योग संघले गहुँ अभावमा ८० प्रतिशत उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको जनाएको हो।

भारतले गत वैशाखदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। जसको कारण बजारमा मैदा तथा आँटाको अभाव मात्रै भएको छैन मूल्य पनि आकासिएको छ।

अहिले मौज्दात गहुँ सबै उद्योगलाई करिब २० दिन मात्रै पुग्छ। नेपालमा गहुँको सिजन सुरु हुन अझै तीन महिना बाँकी छ। यो अवधिका लागि ३८ वटा ठूला उद्योगको लागि मात्रै लगभग दुई लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ।

मैदा, आँटा कच्चा पदार्थको रूपमा बिस्कुट, चाउचाउ, बेकरीलगायत उद्योगमा उपयोग हुँदै आएको छ। संघले मैदा तथा आँटाको अभाव हटाउन सरकारले भारतसँग कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

प्रकाशित: १२ माघ २०७९ १७:३२ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast