गोकुल बास्कोटाको शेरबहादुर तामाङलाई भने : म तपाई जस्तो आफ्नो र श्रीमतीको प्राप्तिका लागि गुट बदल्ने परिन

हिमाल प्रेस ३० फागुन २०८२ ७:२५ | Saturday, March 14, 2026
64
SHARES
गोकुल बास्कोटाको शेरबहादुर तामाङलाई भने : म तपाई जस्तो आफ्नो र श्रीमतीको प्राप्तिका लागि गुट बदल्ने परिन एमाले नेता शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई (बायाँ) र गोकुल बास्कोटा (दायाँ)

काठमाडौँ- नेकपा एमालेको आन्तरिक किचलो सतहमा आएको छ। आम निर्वाचनको हारपछि एमालेमा नेताहरू नेतृत्व परिवर्तनसम्मका बहस गरिरहेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ओलीलाई मात्र दोष लगाएर नहुने बताउँदै बचाउमा उत्रिएका छन्। ओली इतर नेताहरू भने अब सोच्नुपर्ने बेला आएको भन्दै नेतृत्वमाथि प्रश्न गरिरहेका छन्। यत्तिकैमा एमाले नेता गोकुल बास्कोटाले नाम नै लेखेर अर्का नेतामाथि आरोप लगाएका छन्। बास्कोटाले शेरबहादुर तामाङलाई
पद प्राप्तिका लागि गुट परिवर्तन गरेको भनेका छन्।

‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन्’ बास्कोटाले भनेका छन्,’म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन,पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन।०३८ यताका इतिहास हेरौँ न।’ यसअघि तामाङले नेतृत्व परिवर्तन मात्र अहिलेको समस्या नभएको बताएका थिए। उनी कुनैबेला एमालेमा माधव नेपाल निकटस्थ थिए। तर पछिल्लो समय ओली निकट छन्। यता गोकुल बास्कोटा भने अहिले ओली इतर पक्षका नेता हुन्। तामाङले ओलीले संसद् विघटन गर्दा केन्द्रमा आफू र तत्कालीन प्रदेश १ मा उषाकला राईलाई मन्त्री बनाएका थिए। त्यसपछि उनी ओली पक्षमा खुलेको नेताहरू बताउँछन्।

प्रकाशित: ३० फागुन २०८२ ७:२५ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast