वन्यजन्तुका लागि पोखरी बनाउँदै चितवन निकुञ्ज

हिमाल प्रेस २८ फागुन २०८२ १५:५५ | Thursday, March 12, 2026
14
SHARES
वन्यजन्तुका लागि पोखरी बनाउँदै चितवन निकुञ्ज

चितवन- चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ। हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार जनावरलाई पिउन, जलमा बस्ने जनावरका लागि वासस्थान र घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण गर्ने गरिन्छ। उनले यस वर्ष तीन वटा नयाँ पोखरी निर्माण र चारवटा पोखरी मर्मतको काम गर्न लागिएको बताए।

उनले भने, ‘यस वर्ष हामीले पोखरी निर्माण र मर्मत वन्यजन्तुको बासस्थानका आधारमा गर्न लागेका छौँ।’ निकुञ्जभित्र ५६ पोखरी तथा तालतलैया रहेको उनले बताए। उनका अनुसार ती सबै पोखरी तथा तालहरुमा सरसफाइ गर्न नसकिए पनि महत्त्वपूर्ण स्थानमा रहेका ताल र पोखरी निर्माण गर्न लागिएको हो।

यस निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, चित्तल, हात्ती लगायतका जनावरको बासस्थान रहेको छ। चर्को गर्मीसँगै वन्यजन्तुलाई पानीको आवश्यक पर्ने भएकाले पोखरी निर्माण गर्न लागिएको हो। वन्यजन्तु पानीको आवश्यकताले समुदायमा जान रोक्नका लागि समेत सहयोग पुग्ने छ। ९५२ दशमलब ६३ हेक्टर क्षेत्रफलमा फैलिएको निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने कामसमेत सुरु गरिएको छ।

प्रकाशित: २८ फागुन २०८२ १५:५५ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast