चितवन निकुञ्जमा वन्यजन्तु सप्ताह मनाइँदै

हिमाल प्रेस ४ वैशाख २०८३ १६:५० | Friday, April 17, 2026
4
SHARES
चितवन निकुञ्जमा वन्यजन्तु सप्ताह मनाइँदै

चितवन- एकतिसौँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै छ। यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताह चितवन राष्ट्रिय निकुञ्ज तथा सरोकारवालाले विभिन्न कार्यक्रमसहित मनाइरहेका छन्।

यसै क्रममा आज (शुक्रबार) सिमसार तथा नदी सरसफाइ गरिएको छ। सौराहादेखि गोलाघाटसम्म र नारायणी नदीको पश्चिमी किनार क्षेत्र सरसफाइ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। सिमसार क्षेत्र र नदी सरसफाइले वन्यजन्तुका लागि आवश्यक पानीको परिपूर्ति गर्ने भएकाले हरेक वर्ष वन्यजन्तु सप्ताहमा यो कार्यक्रम गरिँदै आएको उनले बताए।

यही वैशाख २ गते चरा अवलोकन र ३ गते प्लाष्टिक निषेधित क्षेत्र घोषणा कार्यान्वयनसम्बन्धी सरोकारवालासँग छलफल गरिएको थियो। वैशाख ५ गते शनिबार मानव वन्यजन्तु सहअस्तित्वसम्बन्धी छलफल तथा अन्तरक्रिया, ६ गते आइतबार विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा वन्यजन्तुबाट टुहुरा भएका बालबालिकालाई छात्रवृत्ति प्रदान र वैशाख ७ गते वन्यजन्तु बासस्थान व्यवस्थापनसम्बन्धी स्थलगत जागरण तथा अन्तरक्रिया गरिनेछ।

सूचना अधिकारी थापामगरका अनुसार वन्यजन्तु सप्ताहबाट वन्यजन्तु र सिमसार क्षेत्रले मानव जीवनमा पार्ने प्रभावका बारेमा ज्ञान दिँदै संरक्षण जुट्न मद्दत पुग्नेछ।

प्रकाशित: ४ वैशाख २०८३ १६:५० | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast