काठमाडौँ- युरोपेली च्याम्पियन्स लिगमा गएराति इंग्लिस टिम म्यानचेस्टर सिटी स्पेनिस रियल म्याड्रिडसँग स्तब्ध बनेको छ। रियलको होम मैदानमा भएको खेलमा सिटीमाथि रियलले ३ गोलले जित हात पार्यो। रियलको जितमा मिडफिल्डर फेडरिको भालभर्डे नायक बने।
भालभर्डेले २० औं मिनेटमा पहिलो गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाएका थिए। २७औँ मिनेटमा अर्को गोल थप्दै पहिलो हाफमै टोलीको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा पनि रियल म्याड्रिडले खेलमाथि नियन्त्रण कायम राख्यो।
खेलको ४२औँ मिनेटमा भाल्भेर्देले तेस्रो गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे र टोलीलाई ३–० को सहज जित दिलाए। यस जितसँगै रियल म्याड्रिडले दुई लेगको समग्र प्रतिस्पर्धामा महत्वपूर्ण अग्रता बनाएको छ।अब दोस्रो लेग म्यानचेस्टर सिटीको मैदानमा हुनेछ।
क्वार्टरफाइनलमा स्थान बनाउन सिटीलाई कठिन चुनौती सामना गर्नुपर्ने देखिएको छ।





