पर्वतमा अफ्रिकन स्वाइनले ४६ बंगुर मरे

हिमाल प्रेस २७ फागुन २०८२ ६:५६ | Wednesday, March 11, 2026
4
SHARES
पर्वतमा अफ्रिकन स्वाइनले ४६ बंगुर मरे फाइल तस्बिर।

पर्वत- पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइनको संक्रमण बढेको छ। सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बंगुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको संक्रमणका कारण ४६ वटा बंगुर मरिसकेका छन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बंगुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुने जस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो।

नमूना सङ्कलन गरी गरिएको र्‍यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यालयले रोगको शंका देखिएको क्षेत्रमा अनुगमन बढाएको छ। साथै रोग फैलिन नदिन किसानलाई बंगुर पालनस्थल सफा राख्ने, फार्ममा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर, फर्मालिनलगायतका औषधि प्रयोग गरी निसंक्रमण गर्ने, बिरामी बंगुरलाई छुट्टै राख्ने र फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरिएको उनले बताए ।

प्रकाशित: २७ फागुन २०८२ ६:५६ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast