पोखरा महानगरका किसानलाई ६ टन बढी मकैको बीउ अनुदानमा

हिमाल प्रेस २६ फागुन २०८२ १७:१८ | Tuesday, March 10, 2026
14
SHARES
पोखरा महानगरका किसानलाई ६ टन बढी मकैको बीउ अनुदानमा

पोखरा- पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई ६ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ।

महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण-२ जातको बीउ तीन हजार १०० किलो र मनकामना-३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ। प्रतिकिलो रु ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो।

अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिए।

महानगर क्षेत्रमा करिब ६ हजार हेक्टरमा मकैखेती हुने गरेको उनले बताए।

प्रकाशित: २६ फागुन २०८२ १७:१८ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast