काठमाडौँ- भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीस्थित हुँगे खोला महभिर झर्ना नजिक रहेको पुल रूख ढाल्ने क्रममा भत्किएको छ। स्थानीय गणेश राईले घर निर्माणका लागि रूख ढाल्ने क्रममा नियन्त्रण गुम्दा अचानक रूखले पुलमा क्षति पुगेको स्थानीयले जनाएका छन्।
स्थानीय बासिन्दाले दैनिक आवतजावतका लागि प्रयोग गर्दै आएको उक्त पुल भत्किएपछि आसपासका बस्तीका नागरिकलाई आवतजावतमा समस्या भएको छ।
पुल पुनःनिर्माण वा मर्मतका लागि सम्बन्धित निकायले चाँडो पहल गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन्।
प्रकाशित: २६ फागुन २०८२ ७:५४ | Tuesday, March 10, 2026
प्रतिक्रिया





