इलाम-१ मा कांग्रेसका निस्कल राई विजयी

हिमाल प्रेस २५ फागुन २०८२ १६:५१ | Monday, March 9, 2026
26
SHARES
इलाम-१ मा कांग्रेसका निस्कल राई विजयी

काठमाडौँ- इलाम-१ मा नेपाली कांग्रेसका निस्कल राई विजयी भएका छन्। श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको रोचक प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार राई विजयी भएका हुन्।

राईले १४ हजार ५४३ मत प्राप्त गरेर विजयी हुँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याए।

यस्तै एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो स्थानमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६०, नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत पाएर पाँचौँ भए।

प्रकाशित: २५ फागुन २०८२ १६:५१ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast