काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्। उनी नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिनासँग पराजित भएका हुन्।
आइतबार बेलुकी सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तिमिल्सिनाले २२ हजार ६ सय ९ मत प्राप्त गरी निर्वाचित हुँदा पूर्व अर्थमन्त्रीसमेत रहेका महतले १८ हजार ५ सय ९७ मत ल्याए।
नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३ सय ७७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बद्री मैनाली ८ हजार ९ सय ३२ मतसहित चौथो स्थानमा रहे।
प्रकाशित: २५ फागुन २०८२ ६:५२ | Monday, March 9, 2026
प्रतिक्रिया





