गोरखा-२ : रास्वपाले भत्कायो २०४८ देखिको कांग्रेस-नेकपाको गढ

हिमाल प्रेस २४ फागुन २०८२ २०:३५ | Sunday, March 8, 2026
34
SHARES
गोरखा-२ : रास्वपाले भत्कायो २०४८ देखिको कांग्रेस-नेकपाको गढ

काठमाडौँ-  गोरखा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले २०४८ सालदेखिको नेपाली कांग्रेस र नेकपा (तत्कालीन माओवादी) को गढ भत्काएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका महामन्त्री बुर्लाकोटी विजयी भएका हुन्।

बुर्लाकोटीले २६ हजार ६६० मत ल्याए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७ सय ल्याए। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले मत ११ हजार ७३ ल्याए। नेकपा एमालेका मिलन गुरुङ (चक्रे) ले ३ हजार ८७ मत ल्याए।

२०७९ को चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेपाल समाजवादी पार्टी (नेसपा) को गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २६ हजार १०९ मत ल्याए विजयी हुँदा बुर्लाकोटीले १२ हजार ६३९ मत ल्याएका थिए। यस क्षेत्रमा रास्वपाको मजबुत संगठनभन्दा पनि देशव्यापी लहरका कारण बुर्लाकोटीले चुनावी नतिजा आफ्नो पक्षमा पारेका हुन्।

यस क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसकी मैयादेवी श्रेष्ठले १५ हजार २०९ मत ल्याएर विजयी भएकी थिइन् भने संयुक्त जनमोर्चाका सुरेश वाग्लेले १३ हजार ६८७ मत ल्याएका थिए। २०५१ सालमा नेपाली कांग्रेसकी कमला पन्तले ८ हजार १९७ मत ल्याएर चुनाव जितेकी थिइन् भने नेकपा एमालेका वाचस्पति देवकोटाले ६ हजार ६९३ मत ल्याएर पराजित भएका थिए। त्यस्तै २०५६ सालमा पनि नेपाली कांग्रेसकी कमला पन्तले नै बाजी मारेकी थिइन्। उनले त्यतिबेला ११ हजार ५४४ मत ल्याएकी थिइन् भने नेकपा एमालेका प्रेम गुरुङले ११ हजार १३१ मत ल्याएका थिए।

त्यसपछि तत्कालीन नेकपा माओवादीको दशबर्से सशस्त्र जनयुद्धपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा डा.बाबुराम भट्टराईले ४६ हजार २७२ मत ल्याई निर्वाचित भए भने नेपाली कांग्रेसका चन्द्रप्रसाद न्यौपानेले जम्मा ६ हजार १७१ मत ल्याएका थिए। २०७० सालको चुनावमा माओवादीकै हितराज पाण्डे निर्वाचन भए र उनले २० हजार ७६ मत ल्याएका थिए। पाण्डेसँग पनि न्यौपाने पराजित भए। उनले १४ हजार ९७१ मत ल्याएका थिए। त्यस्तै २०७४ सालमा माओवादी छाडेर नयाँ शक्ति पार्टीबाट डा.बाबुराम भट्टराईले चुनाव जिते। त्यतिबेला भट्टराईले ३० हजार ८०७ मत ल्याएका थिए। माओवादीका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत ल्याएका थिए।

प्रकाशित: २४ फागुन २०८२ २०:३५ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast