प्रभु साह पराजित

हिमाल प्रेस २४ फागुन २०८२ १६:५० | Sunday, March 8, 2026
8
SHARES
प्रभु साह पराजित

काठमाडौँ- रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन्द्र पटेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका गोविन्द चौधरीलाई पराजित गर्दै पटेल निर्वाचित भएका हुन्।

१८ वर्षदेखि निरन्तर प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका आम जनता पार्टीका अध्यक्ष प्रभु साह यसपटक तेस्रो स्थानमा सीमति भएका छन्। यसअघि माओवादीबाट निर्वाचित हुँदै आएका उनी २०७९ सालमा स्वतन्त्र भएर चुनाव लडेर प्रतिनिधिसभा पुगेका थिए। यसपालि भने उनले आफ्नै नेतृत्वको आम जनता पार्टीबाट चुनाव लडेका थिए।

रौतहट–३ लाई साहको पकड क्षेत्रको रूपमा लिइन्छ। यसपटक भने त्यहाँका मतदाताले रास्वपाका पटेललाई रोजेका छन्।

पटेलले २७ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा आम जनता पार्टीका अध्यक्ष साहले ९ हजार ८९० मत पाए। जसपा नेपालका चौधरीले १५ हजार ३६४ मत ल्याएर दोस्रो भएका छन् भने नेकपा एमालेका कुन्दनप्रसाद कुशवाहाले ६ हजार ६०५ मत पाएका छन्।

रौतहटको चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा रास्वपा र एउटा क्षेत्र २ नम्बरमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी भएका छन्।

प्रकाशित: २४ फागुन २०८२ १६:५० | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast